FAQs Complain Problems

खाेरूङ्गामा पक्की पुलको शिलान्यास कार्यक्रम

खाेरूङ्गामा पक्की पुलको शिलान्यास

मेन्छयायेम गाउँपालिका १ र ४ जोड्ने खोरूङ्गा खोलामा पक्की पुल बन्ने भएको छ । १ नं. प्रदेश सरकारको सहयोग तथा स्थानीय सडक पुल सहयोग इकाइ मानभवन ललितपुरको प्राविधिक सहयोगमा उक्त पुल निर्माण हुनेछ । श्रीजुङ संग्रातेलाई पौठाक लाब्रीसँग जोड्ने उक्त पुलको प्रदेशसभा सदस्य तेजमान कन्दङ्वाले आइतबार शिलान्यास गर्नुभयो ।
३५ मिटर लम्बाइको उक्त पुलको लागत ५ करोड ३ लाख ३४ हजार ७ सय ६ रूपैयाँ हुनेछ । निर्माणको ठेक्का कुनसालिङ्ग कन्ट्रक्सन भोजपुरले लिएको उक्त पुल दुई वर्ष भित्र निर्माण सम्पन्न हुने पूर्वाधार विकास कार्यालय संखुवासभाले जनाएको छ ।

शिलन्यास कार्यक्रममा प्रमुख अतिथि सांसद कन्दङ्वा, जिल्ला समन्वय समिति तेह्रथुम प्रमुख शिवप्रसाद ढुंगाना, उपप्रमुख प्रेमलता घिमिरे गौतम, मेन्छयायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ, उपाध्यक्ष गीतादेवी तिम्सिना गौतम, स्थानीय टोम प्रसाद दाहालले मन्तव्य राख्नु भएको थियो ।

पक्की पुल नहुँदा खोलाबाटै सवारीसाधन तार्नुपर्ने सास्ती भोग्दै आएका स्थानीयवासीमा पुल निर्माण हुने कुराले खुशी थपिदिएको छ । पुल निर्माणपछि मेन्छयायेम गाउँपालिका वडा नं. १, २, ४ र ५ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

आर्थिक वर्ष: