FAQs Complain Problems

१५ शैयाको मेन्छयायेम अस्पतालको शिलान्यास गर्नुहुँदै मेन्छयायेम गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग ।

Read More

मेन्छयायेम गाउँपालिकाको केन्द्र मोराहाङ्ग बजार ।

Read More

छैटौं गाउँसभाको संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग र उपाध्यक्ष गीतादेवि तिम्सिना गौतम ।

Read More

मेन्छयायेम गाउँपालिका विशेष अधिवेशनपछिको सामूहिक तस्वीर ।

Read More

गाउँपालिकाको परिचय

मेन्छयायेम गाउँपालिका, कोशी प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।

राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्तीको भनाइ छ । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो । 

Pages

जन प्रतिनिधि

अध्यक्ष
9852084777
yadabkhapung@gmail.com, menchhayayemruralmun73@gmail.com
उपाध्यक्ष
9852083777
gitatimsinagautam99@gmail.com, menchhayayemruralmun73@gmail.com
वडाध्यक्ष/प्रवक्ता
9842220782/9852034033
pradip.budhathoki40@gmail.com

कर्मचारी विवरण

अधिकृत सातौं
9848751101
ramkunwarr51@gmail.com, menchhayayemruralmun73@gmail.com
सूचना प्रविधि अधिकृत (सूचना अधिकारी)
9843335861
ito.menchhayayemmun@gmail.com, ito@menchhayayemmun.gov.np

जानकारी