FAQs Complain Problems

जेष्ठ नागरिक समिति गठन

मेन्छयायेम गाउँपालिका स्तरीय जेष्ठ नागरिक तसर्थ समिति गठन भएको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर आयोजित भेलाले सोमनाथ खतिवडाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा मणिकुमार लिम्बू, सचिवमा लोमसचन्द्र घिमिरे, कोषाध्यक्षमा रेणुका दाहाल, सह–सचिवमा लिलानाथ दाहाल हुनुहुन्छ । यस्तै, सदस्यहरूमा डम्बर पन्धाक, कमल बहादुर शंकर, होम बहादुर बस्नेत, रामचन्द्र बस्नेत, टंकप्रसाद भट्टराई, हिम बहादुर गुरूङ्ग, ललित श्रेङ र शोभा बुढाथोकी रहनुभएको छ । भेलाले सोमनाथ खतिवडाको अध्यक्षतामा तीन सदस्यीय विधान मस्यौदा उपसमिति गठन भएको छ । विधान मस्यौदा समितिलाई १ महिनाभित्र विधान मस्यौदा गरी समितिमा पेश गर्ने सीमा निर्धारण गरिएको छ । समितिको सदस्यमा मनिकुमार लिम्बू र लोमसचन्द्र घिमिरे रहनुभएको छ । यस्तै, ललित श्रेङलार्इ प्रदेश प्रतिनिधिको रूपमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष सोमनाथ खतिवडाले जानकारी दिनुभयो ।

पारेर मेन्छयायेम गाउँपालिका वडा नं. ५ स्थित गौखुरी महिला बहुउद्देश्यीय सहकारी संस्था लि.को सभाहलमा भएको भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राई, वडा नं. ५ का वडा अध्यक्ष शिवनाथ खापुङ्ग, कृषि सेवा शाखाका प्रमुख सुबुधलाल साह, वडा नं. ५ र ६ का वडा सचिव कृष्ण घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष अक्टोबर १ तारिख अर्थात असोज १५ मा विश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ‘ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरूद्ध उभिऔं’ भन्ने मुल नाराका साथ २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको हो । २०६८ को जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथिका जेष्ठ नागरिक छन् । मेन्छयायेम गाउँपालिकामा ४ सय ५३ जना जेष्ठ नागरिक रहेका छन् । 
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाई संरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो । नेपालको संविधान २०७२ को धारा ४१ मा “जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ“ भनि उल्लेख गरिएको छ ।

आर्थिक वर्ष: