FAQs Complain Problems

समाचार

आधारभूत कम्प्यूटर तालिम सम्पन्न

मेन्छयायेम गाउँपालिका शिक्षा शाखाद्वारा सञ्चालित विद्यालयका शिक्षक तथा कर्मचारीलाई आधारभूत कम्प्यूटर तालिम सम्पन्न भएको छ । २६ फाल्गुनदेखि सञ्चालन भएको तालिममा मेन्छयायेम गाउँपालिका भित्रका सामूदायिक तथा निजी विद्यालय गरी २२ जना शिक्षकशिक्षिकाहरूको सहभागिता रहेको थियो ।

मेन्छयायेम गाउँपालिकाको सभाहलमा सात दिनसम्म आयोजित तालिमको सहजीकरण मेन्छयायेम गाउँपालिका शिक्षा शाखा संयोजक सूर्य प्रसाद गौतम, गौखुरी माध्यमिक विद्यालयका शिक्षक कमल सापकोटा, मेन्छयायेम गाउँपालिका सूचना प्रविधि अधिकृत इश्वर चन्द्र भट्टराई, श्रीजुङ्ग माध्यमिक विद्यालयका शिक्षक भोजराज तिम्सिनाले गर्नुभएको थियो ।

आर्थिक वर्ष:

//