FAQs Complain Problems

ग्यालरी

मेन्छयायेम गाउँपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ताहरूलाई पुनर्ताजकी तालिम शुरू भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटनका अवसरमा वडा नं. १ का वडाध्यक्ष सहरमान लिम्बू, वडा नं. ४ का वडाध्यक्ष एवं न्यायिक समितिका सदस्य लिलाकुमार लिम्बू, वडा नं. ५ का वडाध्यक्ष शिवनाथ खापुङ्गले मेलमिलापका माध्यमबाट न्यायिक प्रक्रियालाई सहज र प्रभावकारी बनाउन तालिमले सहयाेग पुग्ने बताउनुभयाे । मेन्छयायेम गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक गीतादेवि तिम्सिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा ६ वटै वडाका मेलमिलापकर्ताहरूको उपस्थिति रहेको थियो ।

मिति: 03/26/2021 - 18:14
, , , , , , , ,

मेन्छयायेम गाउँपालिकामा वडा स्तरीय कानूनी साक्षरता तथा कानूनी सचेतना कार्यक्रम शुरू भएको छ । मेन्छयायेम गाउँपालिका न्यायिक समितिको आयोजनामा मेन्छयायेम गाउँपालिका वडा नं. ५ र ६ मा दुई दिनसम्म उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

मिति: 03/19/2021 - 13:46
, , , , , ,

मेन्छयायेम गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक गीतादेवि तिम्सिना गौतम, मेन्छयायेम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जीलगायत प्राविधिक टोलीले मिति २०७७।१२।०५ मा मेन्छयायेम गाउँपालिका वडा नं. ३ का विभिन्न योजनाहरूको अनुगमन गरेको तस्वीरहरू ।

मिति: 03/18/2021 - 19:10
, , ,

१५ शैय्याको मेन्छयायेम अस्पतालको शिलान्यास

मेन्छयायेम गाउँपालिकाको मोराहाङ्गमा १५ शैयाको मेन्छयायेम अस्पतालको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गले अस्पतालको शिलान्यास गर्नुभयो ।

वडा नम्बर ६ मा रहेको मेन्छयायेम प्राथमिक स्वास्थ केन्द्रलाई मेन्छयायेम अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो । प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीति अनुसार गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको हो ।

मिति: 11/30/2020 - 13:11
, , , , , , , ,

Pages