FAQs Complain Problems

मेन्छयायेम गाउँपालिकाको छैटौं गाउँसभा सम्पन्न 

मेन्छयायेम गाउँपालिकाको छैटौं गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ्गको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमले २५ करोड ३४ लाख २४ हजार १ सय २ रूपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । आर्थिक बर्ष २०७७/०७८ को बजेटमा प्रत्येक वडालाई ३५/३५ लाखको बजेट सिलिङ दिईएको तथा कृषितर्फ ४२ लाख १५ हजार, पशु विकासतर्फ ३८ लाख ८० हजार रूपैयाँ, स्वास्थ्यतर्फ ८९ लाख, शिक्षातर्फ ६५ लाखलगायत बजेट विनियोजन गरिएको छ । हिजो मंसीर २६ गते सभामा बजेट प्रस्तुत भइ आज २७ गते सांसद्हरूको छलफलसहित गाउँसभा सम्पन्न भएको हो ।  

 

 

आर्थिक वर्ष: