FAQs Complain Problems

मेन्छयायेम गाउँपालिकाको दोस्रो गाउँसभा

मेन्छयायेम गाउँपालिकाको दाेस्रो गाउँसभा असार २६ गते शुक्रबारबाट शुरू भएकाे छ । पहिलो दिन चार वटा विदयेकहरूमाथि छलफल गरी पारित गरिएको थियो । जसमा प्रदेश नं १ को निर्णयानुसारको पदाधिकारी सेवासुविधा पहिलो गाउँसभाबाट पारितलार्इ संशोधन गरी पास गरियो । विदयेकको प्रस्तावक उपाध्यक्ष गीतादेवि तिम्सिना गौतम र समर्थक वडा नं २ का वडा अध्यक्ष रामबहादुर लिम्बू हुनुहुन्थ्यो । यस्तै, वडा नं ३ का अध्यक्ष विनयकुमार सुब्बा प्रस्तावक र वडा नं ५ का अध्यक्ष समर्थक रहनुभएको सडक क्षेत्राधिकार विदयेक सर्वसम्मतमा पारित गरियो ।

पदाधिकारी पोशाक सम्बन्धि विधेयक वडा नं ४ का वडा अध्यक्ष लिलाकुमार लिम्बूले प्रस्ताव र वडा नं ६ का वडा अध्यक्ष प्रदिपकुमार बुढाथोकीले समर्थन गर्नुभएको थियो । जसमा सभासद् श्रीप्रसाद लिम्बूले पोशाक लिन नहुने भन्दै विपक्षमा मत जाहेर गर्नुभएको थियो । 
तीन वटै विधेयकमाथि गौरीप्रसाद दाहाल, गायत्रादेवी दमाइ, कृष्णमाया दमाइ, हर्कराज तामाङ्ग, संगीता नेपाली र मनबहादुर लिम्बूले संशाेधन प्रस्ताव पेश गर्नुभएको थियो ।

अर्को बैठक ३० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष प्रदिपकुमार बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार नीति तथा कार्यक्रम, बार्षिक बजेटलगायतका महत्वपूर्ण विषयउपर गहन छलफल गर्न अावश्यक देखिएकोले सभा स्थगित गरिएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष: