FAQs Complain Problems

मेन्छयायेम गाउँपालिकाको बजेट २७ करोड १३ लाख २७ हजार

मेन्छयायेम गाउँपालिकाको २०७८ भदौ १४ गते सोमबार सम्पन्न सातौं गाउँसभाले आर्थिक वर्ष २०७८।०७९ का लागि २७ करोड १३ लाख २७ हजार ९ सय २० रूपैयाँको बजेट पारित गरेको छ । प्रस्तावित बजेटका स्रोतहरूमा संघीय सशर्त अनुदान चालू १० करोड ६७ लाख, संघीय सशर्त अनुदान पुँजीगततर्फ ३ करोड ३४ लाख, संघीय वित्तीय समानिकरणतर्फ ६ करोड ८६ लाख, संघीय राजश्व बाडफाँडतर्फ ४ करोड १७ लाख ३४ हजार, प्रदेश वित्तीय समानिकरणतर्फ ३४ लाख ३० हजार, प्रदेश राजश्व बाँडफाँडतर्फ १५ लाख ६३ हजार ९ सय २०, प्रदेश समपुरक अनुदानतर्फ एक करोड, गत वर्षको अल्या ४५ लाख, आन्तरिक आयतर्फ १४ लाख रूपैयाँ रहेको छ । यस्तै, व्ययतर्फ चालू खर्च ३ करोड ८६ लाख, गाउँपालिका तथा वडा कार्यालयमार्फत बिनियोजन भएको योजनातर्फ तीन करोड ८१ लाख ५० हजार ९ सय २०, प्रदेश समपुरक अनुदान साझेदारी ४० लाख, मेन्छयायेम पार्क साझेदारी ४४ लाख, सिचाइ साझेदारीतर्फ २० लाख, समपुरक कोषतर्फ ४६ लाख, डीपीआर निर्माणतर्फ १० लाख, विपद व्यवस्थापन कोषतर्फ ५ लाख, मेड्पा साझेदारीतर्फ ५ लाख, वन, वातावरण तथा पर्यटनतर्फ ५ लाख र जनतासँग अध्यक्ष र उपाध्यक्ष कार्यक्रमका लागि क्रमश: २२ लाख ५० हजार र १५ लाख रूपैयाँ बिनियोजन भएको छ । यस्तै गाउँपालिकाअन्तरगत रहेको कृषि सेवा शाखातर्फ २० लाख, पशुपंक्षी तथा मत्स्य विकास शाखातर्फ ३२ लाख ५० हजार, स्वास्थ्य तथा आयुर्वेदतर्फ ६० लाख, शिक्षा शाखातर्फ ९० लाख ७७ हजार, महिला बालबालिका तथा न्यायिक शाखातर्फ ३० लाख रूपैयाँ बिनियोजन भएको छ ।

मेन्छयायेम गाउँपालिकाको सभाहलमा भएको सभामा मेन्छयायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ्गले आर्थिक वर्ष २०७८।०८९ को वार्षिक नीति तथा कार्यक्रम तथा उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमले वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले वार्षिक नीति तथा कार्यक्रम, बजेटका साथै आर्थिक ऐन २०७८, विनियोजन ऐन २०७८, वन ऐन २०७८ समेत पारित गरेको छ ।

आर्थिक वर्ष: