FAQs Complain Problems

मेलमिलापसम्बन्धि आधारभूत तालिम शुरू

मेन्छयायेम गाउँपालिका न्यायिक समितिको आयोजनामा ७ दिने गाउँपालिकास्तरीय मेलमिलापसम्बन्धि आधारभूत तालिम २०७६।१०।२८ गतेबाट शुरू भएको छ । स्थानीय स्तरका विवाद स्थानीय स्तरमा समाधान गर्ने उद्देश्यका साथ न्यायिक समितिले तालिम आयोजना गरेको हो ।तालिमको सहजीकरण प्रमुख प्रशिक्षक गणेशराज लुइटेल र सहायक प्रशिक्षक विरेन्द्रबहादुर बस्नेतले गर्नु हुनेछ ।

स्थानीय तहलाई प्राप्त न्यायिक अधिकारको कार्यान्वयनका लागि मेलमिलाप कर्ताहरूलाई तालिम प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गीता देवी तिम्सिना गौतमले जानकारी दिनुभयाे । तालिममा गाउँपालिकाका ३० जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको छ ।

गाउँपालिका उपाध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मेन्छयायेम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वेदनाथ खनाल, मेन्छयायेम गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सहरमान लिम्बू, २ का वडाध्यक्ष रामबहादुर लिम्बू, मेन्छयायेम गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रदिपकुमार बुढाथोकीलगायतले तालिम सफलताको कामना गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन देबेन्द्र बस्नेतले गर्नुभएको थियो ।

आर्थिक वर्ष: