समाचार
१५ शैय्याको मेन्छयायेम अस्पतालको शिलान्यास
१५ शैय्याको मेन्छयायेम अस्पतालको शिलान्यास
मेन्छयायेम गाउँपालिकाको मोराहाङ्गमा १५ शैयाको मेन्छयायेम अस्पतालको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गले अस्पतालको शिलान्यास गर्नुभयो ।
वडा नम्बर ६ मा रहेको मेन्छयायेम प्राथमिक स्वास्थ केन्द्रलाई मेन्छयायेम अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो । प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने संघीय सरकारको नीति अनुसार गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरिएको हो ।
अस्पताल शिलान्यासका क्रममा वडा नं. ५ का वडाध्यक्ष शिवनाथ खापुङ्ग, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष दर्जी, लेखापाल वेदनाथ खनाल, मेडिकल अधिकृत डा. दिपेश लिम्बूलगायत अन्य कर्मचारीको उपस्थिति थियो