FAQs Complain Problems

समाचार

वडा कार्यालयमार्फत बेरोजगार व्यक्ति सूचीकरणका लागि निवेदन दिने सम्बन्धि सूचना ।

रोजगारीको हक सम्बन्धि ऐन, २०७५ को दफा ११ तथा रोजगारीको हक सम्बन्धि नियमावली (दोस्रो संशोधन), २०७७ को नियम ७ को उपनियम (१) र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८(१) बमोजिम आगामी आर्थिक वर्ष २०८२।०८३ मा प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूत गराउनका लागि रोजगार सेवा केन्द्रबाट आर्थिक तथा सामाजिक अवसरबाट बञ्चित बेरोजगार व्यक्तिहरूलाई प्रदान गरिने १०० (एक सय) दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न गराइ सार्वजनिक विकास निर्माणको काममा योगदान गर्न सक्ने १८ वर्ष उमेर पूरा भइ ५९ वर्ष ननाघेका इच्छुक बेरोजगार व्यक्तिहरूले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन आफू स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातहरूसहित मिति २०८१ फाल्गुण १ देखि २०८१ फाल्गुण २९ गतेसम्म तोकिएको ढाँचामा निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मेन्छयायेम गाउँपालिका
रोजगार सेवा केन्द्र
मोराहाङ्ग, तेह्रथुम

आर्थिक वर्ष:

//