FAQs Complain Problems

समाचार

नि:शुल्क मुटु परीक्षण एवं उपचार शिविर सञ्चालन हुने सम्बन्धि सूचना ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंको प्राविधिक सहयोगमा लायन्स क्लब अफ काठमाडौं, बुद्ध युनिभर्सलको आयोजनामा एवं विभिन्न संघसंस्थाको विशेष सहयोगमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी, काठमाडौंका कार्यकारी प्रमुख डा. श्री रवि मल्लसहित २० भन्दा बढी संख्यामा मुटुरोग विशेषज्ञहरूको प्रत्यक्ष उपस्थितिमा देहाय बमोजिमको मिति, समय र स्थानमा नि:शुल्क मुटु परीक्षण शिविर सञ्चालन हुन लागेको र उक्त शिविरमा तेह्रथुम जिल्लाका मुटु रोगी नागरिकहरूलाई नि:शुल्क स्वास्थ्य जाँच, परामर्श, औषधि वितरण साथै आवश्यकता अनुसार काठमाडौं लगि नि:शुल्क उपचार तथा अपरेसनसमेत गरिने भएको भएको हुँदाले सम्पूर्ण मेन्छयायेम गाउँपालिकाबासी मुटु रोगी नागरिकहरूले आफ्नो पुरानो रिपोर्ट तथा कागजातहरूसहित शिविरमा उपस्थित भइ लाभ लिनुहुन सम्बन्धि सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
देहाय:-
मिति:- २०८१ फाल्गुण ३ गते शनिबार
समय:- बिहानको ७ बजेदेखि
स्थान:- श्री सिंहबाहिनी माध्यमिक विद्यालय, म्याङलुङ्ग, तेह्रथुम

मेन्छयायेम गाउँपालिका
मोराहाङ्ग, तेह्रथुम See less

आर्थिक वर्ष:

//