FAQs Complain Problems

१५ शैयाको मेन्छयायेम अस्पतालको शिलान्यास गर्नुहुँदै मेन्छयायेम गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग ।

Read More

मेन्छयायेम गाउँपालिकाको केन्द्र मोराहाङ्ग बजार ।

Read More

छैटौं गाउँसभाको संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग र उपाध्यक्ष गीतादेवि तिम्सिना गौतम ।

Read More

मेन्छयायेम गाउँपालिका विशेष अधिवेशनपछिको सामूहिक तस्वीर ।

Read More

गाउँपालिकाको परिचय

मेन्छयायेम गाउँपालिका, कोशी प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।

राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्तीको भनाइ छ । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो । 

Pages

जन प्रतिनिधि

अध्यक्ष
9852084777
yadabkhapung@gmail.com
उपाध्यक्ष
9852083777
gitatimsinagautam99@gmail.com
वडाध्यक्ष/प्रवक्ता
9842220782/9852034033
pradip.budhathoki40@gmail.com

कर्मचारी विवरण

प्रमूख प्रशासकीय अधिकृत
9852060365
nawdeeprai0508@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिनसम्म
जिम्मेवार अधिकारीः- ईन्जिनियर/सब ईन्जिनियर
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

कार्य सम्पन्न प्रतिवेदन
सार्वजनिक परिक्षण
वडा कार्यालयको सम्पन्नताको सिफारिस
उपभोक्ता समितिको भेलाको निर्णय
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- योजनाको दुरी अनुसार ३ देखि १० दिनसम्म
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख/ईन्जिनियर/सब ईन्जिनियर
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

योजना को विवरण, वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख/आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपी
सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटोसहितको नमुना दस्तखत कार्ड
निवेदन
योजना सम्झौता

सेवा प्रकारः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

गाउँ सभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण
उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिकता सहितको वडा कार्यालयको सिफारिस
स्वीकृत योजनाको लागत अनुमान

Pages

जानकारी