FAQs Complain Problems

१५ शैयाको मेन्छयायेम अस्पतालको शिलान्यास गर्नुहुँदै मेन्छयायेम गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग ।

Read More

मेन्छयायेम गाउँपालिकाको केन्द्र मोराहाङ्ग बजार ।

Read More

छैटौं गाउँसभाको संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङ्ग र उपाध्यक्ष गीतादेवि तिम्सिना गौतम ।

Read More

मेन्छयायेम गाउँपालिका विशेष अधिवेशनपछिको सामूहिक तस्वीर ।

Read More

गाउँपालिकाको परिचय

मेन्छयायेम गाउँपालिका, १ नं. प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।

राज्यको पुनर्संरचनाअनुसार स्थानीय तहको नाम स्थानीय पहिचान, सांस्कृतिक, भाषिक र जातीय सभ्यताका आधारमा नामाकरण गरिएको छ । जसअनुसार यस गाउँपालिकाको नामाकरण लिम्बू धर्म, संस्कृतिका आधारमा नामाकरण गरिएको छ । किम्बदन्तीका अनुसार मेन्छयायेमलाई तीन किसिमले परिभाषित गरिएको छ । तीन किसिमकै परिभाषा मेन्छयायेम डाँडामा आधारित छ । ‘मेन्छया’ र ‘येप’ को अपभ्रंस भएर ‘मेन्छयायेम’ रहन गएको भन्ने किम्बदन्तीको भनाइ छ । मेन्छयायेम डाँडा तेह्रथुम, संखुवासभा र ताप्लेजुङ, तीन जिल्लाको संगम स्थलमा अवस्थित छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यही डाँडाको अर्थका आधारमा यहाँको चली आएका धर्मरसंस्कृति र रीतिरिवाज अनुसार मेन्छयायेम रहन गएको हो । 

Pages

जन प्रतिनिधि

कर्मचारी विवरण

प्रमूख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४) जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क , ३५ दिन पछि रू १००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) बालकको बाबु/आमाको नागरिकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३) विपन्नता पुष्टि गर्ने कागजात
४) आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ,व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र/जन्मदर्ताको प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३) व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नागरिकता रू १००, प्रतिलिपि रू ३०० नाम छुट तथा सनाखत नागरिकता सिफारिस रू २००
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- मेन्छयायेम गाउँपालिका‚ गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- १००० रूपैयाँ (एक हजार रूपैयाँ)
आवश्यक कागजातहरुः-

निवेदन
नवीकरण दस्तुर बुझाएको रसीद,
म्याद सकिएको भए कम्पनी/फर्म नवीकरण भएको प्रमाण

Pages

जानकारी